जनता टाइम्स

२२ आश्विन २०७८, शुक्रबार १६:१८

जापानमा ६ दशमलब १ म्याग्नेच्युडको भूकम्प


टोकियो, २२ असोज । जापानमा शक्तिशाली भूकम्प गएको छ । राजधानी टोकियोबाट पूर्व रहेको चिवालाई केन्द्रबिन्दु बनाएर ६ दशमलब १ म्याग्नेच्युडको भूकम्प गएको हो । आजको भूकम्प सन् २०११ पछिकै शक्तिशाली भएको जनाइएको छ ।

भूकम्पबाट केही भवन तथा संरचना भत्किएका छन् । भूकम्पपछि सुनामीको खतरा नभएको जनाइएको छ । भूकम्पले पृुर्याएको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । एजेन्सी