जनता टाइम्स

२२ आश्विन २०७८, शुक्रबार १६:३४

नेकपा (एस) र नेकपा (एकीकृत) बीच एकता


काठमाडौं, असोज २२ । नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत) बीच एकता भएको छ । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (एकीकृत) का अध्यक्ष जीवन राईबीच आज ८ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

एकीकरणपछि पार्टीको नाम नेपालले नेतृत्व गरिरहेको नेकपा (एकीकृत समाजवादी) रहने छ । पार्टीको चुनाव चिह्न ‘कलम’ रहने बताइएको छ ।