काठमाडौं, असोज २२ । धादिङका प्रदेशसभा सदस्य उम्मेद्वार एमाले प्रवेश गरेका छन । त्रीपुरासुन्दरी वडा नम्बर ५ निवासी प्रदेश सभाका उम्मेदवार समेत रहेका बिष्णुप्रसाद सापकोटा आज नेकपा एमाले प्रवेश गर्नुभएको हो ।
बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँशक्ती पार्टीबाट क्षेत्र नम्बर २ ख बाट प्रदेश सभा सदस्यमा प्रत्येक्षतर्फ उम्मेदवार बन्नुभएका सापकोटा आज एमाले केन्द्रीय कार्यालय थापाथली पुगेर एमाले प्रवेश गर्नुभएको हो । तत्कालिन नयाँ शक्ति पार्टी हुँदै संघीय समाजवादी पार्टीमा रहँदा विभिन्न राजनीति जिम्मेवारीमा सक्रिय भुमिकामा नेतृत्व गरेका सापकोटा पछिल्लो समय पार्टी जनआकांक्षा विपरित गएको भन्दै बाबुरामको पार्टी छाडनु भएको थियो । उहाँलाई एमाले महासचिव इश्वर पोखरेलले पार्टीमा स्वागत गर्नुभएको छ ।
एमाले पार्टीमा प्रवेश गरे सँगै सापकोटाले नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यको जिम्मेवारी पाउने महासचिव पोखरेलले जानकारी दिनुभयो । सापकोटासहित धादिङका पुर्ण गुरुङ (तमाङ), शिबप्रसाद सापकोटा, सुब्बा तामाङ, युद्धप्रसाद दुवाडी, सिताराम सापकोटा पनि एमाले प्रवेश गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्