जनता टाइम्स

२३ आश्विन २०७८, शनिबार ०८:५६

जम्मू-कश्मीरमा भारतीय प्रहरीमाथि आक्रमण, जवाफी कारबाहीमा सशस्त्र समूहका एकको मृत्यु


दिल्ली, २३ असोज । जम्मूरूकश्मीरमा भारतीय प्रहरीमाथि आक्रमण भएको छ । शुक्रबार राति श्रीनगरको नाटिपोरा क्षेत्रमा प्रहरी टिममाथि आक्रमण भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । प्रहरीले जवाफी कारबाही गर्दा एक जनाको ज्यान गएको छ भने अर्का एक जना फरार भएका छन । प्रहरीले उनीहरूबाट हातहतियार पनि बरामद गरेको छ ।

प्रहरीको जवाफी कारबाहीमा मारिएका आकिब बशीर कुमार नामका ती व्यक्ति प्रतिबन्धित सशस्त्र संगठन लश्कर–ए–तैयबासँगसम्बन्धीत रहेको दाबी गरिएको छ । यसैबीच प्रहरी लक्षित आक्रमण हुन थालेपछि भारतीय गृहमन्त्री अमित शाहले जम्मू–कश्मीरका उपराज्यपाल मनोज सिन्हालाई दिल्ली डाक्नुभएको छ ।