जनता टाइम्स

२३ आश्विन २०७८, शनिबार १५:१८

अस्पतालमै पुगेर डाक्टर र प्रहरीमाथि आक्रमण गर्ने कांग्रेस नेता छाडन चर्काे दवाव


कपिलवस्तु, असोज २३ । अस्पतालमा बबाल मच्चाउँदा कपिलवस्तुमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले कपिलवस्तु नगरपालिका तौलिहवा बस्ने नेपाली कांग्रेस निवर्तमान नगर सभापति प्रशान्त कार्की र जिल्ला प्रशासन कार्यालय तौलिहवाका नायव सुब्बा गणेश कार्कीलाई नियन्त्रणमा लिएको हो ।

दुवैले शुक्रबार राति कपिलवस्तु अस्पतालमा पुगी अभद्र व्यवहार गरेका थिए । उनीहरू हाल वडा प्रहरी कार्यालय तौलिहवाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका कार्की तौलिहवा आँखा अस्पतालका सञ्चालकसमेत हुन् । हालै सम्पन्न कांग्रेस कपिलवस्तु नगर समितिको निर्वाचनमा कार्की सभापति पदमा पराजित भएका थिए । दुवैले अस्पतालमा पुगी कर्मचारीलाई थर्काउने, ड्युटीमा बसेका प्रहरीलाई अपशब्द प्रयोग गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनास्थलमा माफी माग्न आग्रह गरे पनि दुवै तयार भएका थिएनन् ।

आफ्ना नेता पक्राउ परेपछि कांग्रेस नेतृत्वले कार्कीलाई छुटाउनको लागि प्रहरीमा दबाब दिएको छ । यता प्रहरीले समेत दुबैलाई परिवारका सदस्यको रोहबरमा जिम्मा लगाउने तयारी गरेको छ ।