काठमाडौं, असोज २३ । बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का करिव दुई दर्जन युवाहरु नेकपा एमालेमा प्रवेस गरेका छन। नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १२ कमिटीको आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा २३ जना युवाहरु नेकपा एमाले प्रवेस गरेका हुन्।
वडा कमिटीका अध्यक्ष शंकर भट्टराईको अध्यक्षता तथा केन्द्रीय सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दिपेश खड्का ,सुवाष अधिकारी ,श्याम न्यौपाने ,आशिष कार्की सहित २३ जना एमालेमा प्रवेस गर्नुभयो ।
सो कार्यक्रममा नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य तथा नगर प्रमुख उद्दव खरेल ,सदस्य संगम गहतराज,मिठाराम अधिकारी ,क्षेत्र नं ४ का संयोजक तेज ढकाल,नगर उपप्रमुख रमा राई लगायतको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्