जनता टाइम्स

२५ आश्विन २०७८, सोमबार १६:४३

प्रदेश सभापतिमा समाजसेवी राजु खड्काको उम्मेद्वारी घोषणा


काठमाडौं, असोज २५ । नेपाली कांग्रेसको १४ औं महाधिवेसनका लागि भक्तपुर क्षेत्र नं. २ प्रदेश सभा ‘क’ तर्फ युवा नेता तथा समाजसेवी राजु खड्काले उम्मेद्वारी घोषणा गर्नुभएको छ । सुर्यबिनायक नगर कार्यसमितिको गत असोज १० गते सम्पन्न बैठकबाट चुनावमा सभापतिका प्रत्यासी रबी राणाद्वारा आयोजित धन्यवाद ज्ञापन एवं चियापान कार्यक्रममा प्रदेशसभाको अधिवेसनलाई मध्यनजर गरेर खड्काको उम्मेद्वारी घोषणा गरिएको हो ।

समाजसेवी खड्कालाई सभापति पदमा उमेद्वारका रुपमा नेपाली कांग्रेस भक्तपुरले अघि सारेको छ । कार्यक्रममा जिल्ला सचिव उद्धब सिलवालले सर्वसम्मतिबाट सभापति चयन गराउन जिल्लाका नेताहरुसँग प्रयास गरिने जानकारी दिनुभयो ।

प्रदेश सभापतिका लागी उम्मेद्वार घोषणा लगत्तै सभापतिका उम्मेद्वार खड्काले नेपाली कांग्रेसमा आफ्नो लामो समयदेखिको योगदानको कदर स्वरुप अगाडि बढेको बताउनुभयो । त्यस्तै उहाँले सभापति पदमा आफूलाई अघि बढाएकोमा कृतज्ञ व्यक्त गर्दै सर्वसम्मत सभापति हुनेमा पनि विश्वस्त रहेको सुनाउनुभयो ।

उम्मेद्वारी घोषणा कार्यक्रममा निवर्तमान जिल्ला सभापति गणेशमान चक्रधर, सचिब उद्धब सिलवाल, कोषाध्यक्ष बिजेश अवाल, साथै प्रजातान्त्रिक योद्धा माथवर सिंह बस्नेत, जिल्ला नेताहरु कबिर राणा, अस्ट कुमार कवे, राजनकाजी त्वाटि, बिदुरमान सिंह बस्नेत, भेष बहादुर कार्कि, अङत खड्का, रबी राणा, महिला संघको अध्यक्ष सरु बानिया, तरुण दलका क्षेत्रीय अध्यक्ष आकाश कार्कीलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।