मुगु, असोज २६ । मुगुको जिल्लाको छाँयानाथ रारा गाउँपालिका ७ पिनागाउँमा बस दुर्घटना हुँदा कम्तिमा २२ जनाको घटनास्थलमै मृत्यु भएको छ। नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा अन्य १८ जना घाइते भएका छन्। घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ। अप्ठ्यारो भिरालोबाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ। नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७ नम्बरको बस आज दिउँसो २ बजेतिर दुर्घटना भएको हो।
अहिले घाइतेहरुको उद्दारकार्य जारी छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको डीएसपी चित्रबहादुर भट्टराईले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन् ।













प्रतिक्रिया दिनुहोस्