जनता टाइम्स

२७ आश्विन २०७८, बुधबार १४:२९

आज उपत्यकाको शक्तिपीठहरूको दर्शन गर्दै राष्ट्रपति भण्डारी, यस्तो छ सूची


काठमाडौं, असोज २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौं उपत्यकाका शक्तिपीठहरूको दर्शन गर्ने हुनुभएको छ । बडादसैँका महाअष्टमीको दिन पारेर आज राष्ट्रपति भण्डारीले शक्तिपीठहरूको दर्शन गर्न लाग्नुभएको हो ।

राष्ट्रपति भण्डारीले आज अपरान्ह ४ बजेबाट शक्तिपीठहरूको दर्शन गर्ने समय तालिका रहेको सचिवालयले जनाएको छ । राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महांकाल, संकटा, नरदेवी इन्द्रायणी र शोभा भगवतीको दर्शन गर्न लाग्नुभएको हो ।