जनता टाइम्स

२७ आश्विन २०७८, बुधबार १९:५०

साफ च्याम्पियनसिपपछि राजीनामा दिने नेपालका मुख्यप्रशिक्षक अलमुताइरीको घोषणा


काठमाडौं, असोज २७ । नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गर्नुभएको छ ।बुधबार बंगलादेशविरुद्धको खेलपछिको प्रेस कन्फरेन्समा प्रशिक्षक अल्मुताइरीले साफ च्याम्पियनसिपपछि राजीनामा दिने बताउनु भएको हो ।

उहाँले साफ च्याम्पियनसिपपछि आफू नेपाल नआई सोझै कुवेत फर्किने बताउनु भयो । अल्मुताइरीको प्रशिक्षणमा बुधबार नेपालले ऐतिहासिक सफलता हात पारेको छ । बुधबार नेपालले साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पल्ट फाइनल यात्रा तय गरेको छ । नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१ को बराबरीमा रोकेको हो ।