जनता टाइम्स

२७ आश्विन २०७८, बुधबार १९:५८

नेपाली खेलाडी र प्रशिक्षकलाई प्रधानमन्त्रीको बधाई


काठमाडौं, असोज २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गरेकोमा नेपाली फुटबल टोली र प्रशिक्षकलाई बधाइ दिनुभएको छ । प्रधानमन्त्री देउवाले भर्खरै ट्वीट गर्दै सवै खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई बधाइ दिनुभएको हो ।

‘साफ फुटवल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली फुटवल टोलीका सम्पुर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बधाई तथा आगामी खेलको लागि सुभेच्छा सहित प्रोत्साहन दिन चाहान्छु,’ प्रधानमन्त्री देउवाले भन्नुभएको छ ।