काठमाण्डौं, असोज २८ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ का दुई दर्जन बढी युवाहरु नेकपा एमालेमा प्रवेस गरेका छन। नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा कांग्रेस र माओवादी परित्याग गरी सो वडाका २५ जना नेकपा एमालेमा प्रवेस गरेका हुन्।
नेकपा एमाले बुढानिलकण्ठ ११ का अध्यक्ष कृष्ण भट्टराईको अध्यक्षता र केन्द्रीय सदस्य तथा विदेस विभाग प्रमुख डा. रञ्जन भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुकुमाया तामाङ्ग ,मुना दाहाल ,टिका थिङ्ग सहित २५ जना नेकपा माओवादी केन्द्र ,नेपाली कांग्रेस र राप्रपा परित्याग गरी नेकपा एमालेमा प्रवेस गर्नुभएको हो ।
कपन संगीत सरोवरको प्रांगणमा भएको सो कार्यक्रममा नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य तथा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल ,उपप्रमुख रमा राई,क्षेत्र नं ४ का संयोजक तेज ढकाल सहित नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।













प्रतिक्रिया दिनुहोस्