जनता टाइम्स

२९ आश्विन २०७८, शुक्रबार १३:४३

राष्ट्रपति भण्डारीले आमाको हातबाट लगाउनुभयो दशैंको टीका


काठमाडौं, असोज २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजय दशमीको अवसरमा टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आमा मिथिला पाण्डेको हातबाट शुभसाइतको समयमै उहाँले विजयदशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएको हो ।

योपटक महामारीको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम भने नरहेको राष्ट्रपति कार्यालयले जनाएको छ । कोभिड–१९ महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरिएको हो ।