जनता टाइम्स

३० आश्विन २०७८, शनिबार ०९:५०

दाङमा झनै बलियो बन्यो एमाले, माधवतिर लागेका भन्दा कांग्रेस-माओवादी र जनमोर्चाबाट दोब्बर नेता-कार्यकर्ता एमाले प्रवेश


दाङ असोज ३० । एमाले नेता शंकर पोखरेलले दशैंकै बीचमा कांग्रैस, माओवादी र जनमोर्चाका झण्डै एक हजार भन्दा बढी नेता कार्यकर्ता एमाले भित्र्याउनु भएको छ । दशैंको अवसरमा एक साता देखि गृहजिल्लामा रहनुभएका पोखरेलले सो संख्यामा अन्य पार्टीका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउनु भएको हो ।

यसैक्रममा दाङको भालुबाङमा आयोजित दशै मिलन कार्यक्रममा दुई सय भन्दा बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन । राप्ती गाउँपालिका वडा नम्बर १ को आयोजनामा भव्य कार्यक्रमबीच दशै मिलन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य एवं लुम्बिनीका प्रथम मुख्यमन्त्री शंकर पोखरेल रहनुभएको थियो। त्यस्तै, विशिष्ट अतिथिको रुपमा संघीय माननीय गंगा चौधरी र शान्ता चौधरी रहनुभएको थियो।

कार्यक्रममा केन्द्रीय सदस्य सुजिता शाक्य,लुम्बिनी प्रदेश सांसद रेवती रमन शर्मा, नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का, एमाले दाङका सचीव मनोहर बुढाथोकी, देउखुरीका इन्चार्ज नारायण डाँगी, प्रदेश कमिटिका सदस्य नरेन्द्र ओली लगायतका व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा एक अर्काबीच दशैको शुभकामना आदानप्रदान गरिएको थियो। त्यस्तै, २ सय जना एमालेमा प्रवेश गरेका थिए। नव प्रवेशीलाई खादा लगाएर भव्य स्वागत समेत गरिएको थियो। नव प्रवेशीहरु पार्टी प्रवेश गर्दा निकै उत्साहित देखिन्थे। एमाले नै देश विकासको भरोसा भएकोले एमालेमा प्रवेश गरेको भन्ने नव प्रवेशीहरुको धारणा थियो। एमाले प्रवेश गर्नेमध्येमा कांग्रेसका कर्ण केसी, जनमोर्चाका रामबहादुर केसी र माओवादीका चुमान सिङ खत्रीले नेतृत्व गर्नुभएको छ ।