जनता टाइम्स

३० आश्विन २०७८, शनिबार २२:५८

चुक्यो नेपाल, भारत बन्यो आठौंपटक साफ च्याम्पियन


माले, असोज ३० । फाइनलमा नेपाललाई ३-० गोलको नतिजामा पराजित गर्दै भारत आठौं पटक साफ च्याम्पियनसिपको विजेता बनेको छ । आज भएको १३औं संस्करणमा पहिलो पटक फाइनलमा पुगेको नेपालले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेपनि दोस्रो हाफ सुरु भएलगत्तै दुई गोल खाएपछि हारको नजिक पुग्यो ।

दोस्रो हाफमा नेपालले दुई मिनेट नबित्दै दुई गोल खायो । ४८औं मिनेटमा भारतीय कप्तान सुनील क्षेत्रीले पहिलो गोल गरेका थिए । त्यसको एक मिनेट नबित्दै ५०औं मिनेटमा सुरेश वाङ्जामले अर्को गोल थप्दै भारतको अग्रता दोब्बर पारेका थिए ।

दोस्रो हाफमा लगातार गोलका लागि आक्रमण गरेको भारतका लागि तेस्रो गोल सहाल समादले इन्जुरी समयमा गरे । योसँगै नेपाल फाइनलमा भारतसँग ३ सून्यले पराजीत भएको छ ।