जनता टाइम्स

३१ आश्विन २०७८, आईतवार १३:२२

माधव नेपालले भाई र भाञ्जालाई बनाए केन्द्रीय सदस्य


काठमाडौं, असोज ३१ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना कान्छा भाइ सरोज कुमार उपाध्यायलाई पनि पार्टीको केन्द्रीय सदस्य बनाउनु भएको छ ।

सार्वजनिक खपतका लागि विधि पद्दति र मापदण्डको वकालत गर्दै आउनुभएका अध्यक्ष नेपालले ती सवै कुरा भुलेर भाई सरोजलाई केन्द्रीय सदस्य मनोनित गर्नुभएको हो ।

पेशाले इन्जिनियर सरोजलाई पछिल्लो कार्य विभाजनमा विज्ञान प्रविधि विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । यस्तै नेपालका भान्जा नितेश पौडेललाई केन्द्रीय परिषद सदस्य मनोनित गरिएको छ ।