जनता टाइम्स

३१ आश्विन २०७८, आईतवार १६:००

जसपामा भाँडभैलो, उपेन्द्र यादवलाई ठेगान लगाउन कस्सिए यी प्रभावशाली नेता


काठमाडौं, असोज ३१ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागितासँगै जनता समाजवादी पार्टी (जसपा) मा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो ।

प्रादेशीक, जातीय, समावेशीतालाई आधार नमानेर मन्त्री पठाएको भन्दै अध्यक्ष यादवप्रति जसपाकै नेताहरु असन्तुष्टि जनाएका छन । अध्यक्ष यादवले मनोमानी ढंगले मन्त्री छानेको भन्दै उहाँनिकट कार्यकर्ताले यादवको पुत्लासमेत जलाएका छन । यहाँसम्म कि केन्द्रीय कार्यालयमै यादवको पुत्ला जलाउने काम कार्यकर्ताले गरेका छन ।

जसपाका केन्द्रीय कार्यकारिणी सदस्य एवं सांसद मो. इस्तीयाक राई, सांसद प्रदीप यादव, प्रमोद साह, अमृता अग्रहरी, मृगेन्द्रकुमार सिंहलगायत नेताले अध्यक्ष यादवविरुद्ध ठूलै कदम चाल्ने चेतावानीसमेत दिएका छन । सरकार गठनपछि जसपामा व्यापक असन्तुष्टि देखिएको हो । अध्यक्ष यादवमाथि एकल, स्वाच्छाचारी निर्णय गरेको आरोप पनि लागेको छ । यादवले आन्दोलनको मर्मविपरित काम गरेको आरोप पनि लागेको छ ।

जसपाबाट राजेन्द्र श्रेष्ठले सरकारको नेतृत्व गर्नुभएको छ । श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादव र वन तथा वातावरणमन्त्री रामसहाय यादव बन्नुभएको छ ।