जनता टाइम्स

१ कार्तिक २०७८, सोमबार ०८:०७

आठ जिल्लाको सिडिओ सरुवा, को कहाँ पुगे ?


काठमाडौं, कात्तिक १ । गृह मन्त्रालयले ८ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को हेरफेर गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको मन्त्रीस्तरीय निर्णयबाट आयतवार ८ जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर गरिएको हो ।

गृह मन्त्रालयले किरण थापालाई कैलालीको प्रमुख जिल्ला अधिकारी बनाएको छ। त्यस्तै पाल्पामा जगन्नाथ पन्त, अर्घाखाँचीमा हरिप्रसाद घिमिरे, सिन्धुपाल्चोकमा बेदनिधी खनाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। यसैगरी डोल्पामा बेदनिधी अधिकारी, मुस्ताङमा नेत्र प्रसाद शर्मा, लमजुङमा श्रीनाथ पौडेल र स्याङजामा राजु प्रसाद पौडेललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो।

गृहले कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र स्याङजाका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई मन्त्रालयमा तानेको छ। यस्तै गृहले डोल्पाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढकाललाई राष्ट्रिय विपद् प्राधिकरणमा सरुवा गरेको छ।