काठमाडौं, कात्तिक १ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सचिव तथा शहरी बिकाशमन्त्री रामकुमारी झाँक्रीमाथि कार्वाही गर्नुभएको छ । केन्द्रीय नेताहरुको कार्यबिभाजनमा पार्टी सचिवसमेत रहनुभएकी झाँक्रीलाई पार्टीको कुनै पनि जिम्मेवारी नदिएर माधवले कार्वाही गर्नुभएको हो ।
आफ्ना भाई, भाञ्जा, सम्धी र ससुराली खालका नातेदारसम्मलाई केन्द्रीय सदस्य बनाएर महत्वपुर्ण जिम्मेवारी दिनुभएका नेपालले सचिव रहे पनि झाँक्रीलाई कुनै जिम्मेवारी नदिनुभएको हो । एकीकृत समाजवादीका एक नेताका अनुसार पार्टी कार्यकर्ताबीच आफू भन्दा रामकुमारीको खोजी हुन थालेपछि माधवले जिम्मेवारीबिहीन बनाएर हैसियत नभएको देखाउन खोज्नुभएको छ । माधवले झाँक्रीमाथि यसअघि नै केन्द्रीय सदस्यको मातहतमा रहन बाध्य पारेर मन्त्री बनाउनु भएको छ । सचिव झाँक्री रहे पनि माधवले केन्द्रीय सदस्य बिरोध खतिवडालाई पार्टीको तर्फबाट सरकारको नेतृत्व दिनुभएको छ ।
पदाधिकारीलाई केन्द्रीय सदस्यको मातहत राखेर मन्त्री पठाउँदा झाँक्रीले नखाने र अर्कै महिला पठाउने योजना बनाउनु भएका नेपालले झाँक्रीले स्वीकार गरेपछि पार्टीको जिम्मेवारी ननिदु भएको हो । नेकपा एसमा माधवको भन्दा झाँक्रीको खोजी हुन थालेको र देशभरबाट कार्यकर्ता झाँक्रीतिर मोहित भएको निश्कर्षसहित साइजमा राख्न माधवले झाँक्रीलाई पार्टीको जिम्मेवारी नदिनु भएको नेकपा एसका एक नेताले जनताटाइम्स डटकमलाई बताए । ती नेताका अनुसार पार्टी पदाधिकारीमध्ये रामकुमारीलाई सवै जिल्लाका नेता कार्यकर्ताले बोलाउने सूचीमा राखेपछि महासचिव बेदुराम भुसालसहितका नेताहरु साइजमा राख्नुपर्ने भन्दै माधवलाई जिम्मेवारी नदिन सुझाउनु भएको थियो ।
झाँक्रीलाई राम्रो जिम्मेवारी नदिने योजनाअनुसार माधवले स्वास्थ्य मन्त्री बिरोध खतिवडा र श्रममन्त्री किशान श्रेष्ठलाई पनि कुनै जिम्मेवारी दिनुभएको छैन । तर पर्यटनमन्त्री प्रेम आले र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई भने जिम्मेवारी तोकिएको छ । ‘यो घटनाले माधवको बिधि र पद्धतीको कुरा उदांगो बनेको नेकपा एसकै नेताहरुले बताएका छन । सरकारमा पठाएका तीन जनालाई जिम्मेवारी नदिने, दुई जनालाई जिम्मेवारी दिने काम आफैमा कुनै बिधि र पद्धतीसँग मेल खाँदैन, यो कामले बिधि पद्धतीकै उपहास गरेको छ,’ झाँक्री निकट एक नेताले जनताटाइम्ससँग भने ।












प्रतिक्रिया दिनुहोस्