जनता टाइम्स

१ कार्तिक २०७८, सोमबार १७:२१

सरकारले घोषणा गर्यो साफ उपविजेता नेपाली खेलाडीलाई पुरस्कार


काठमाडौं, कात्तिक १ । सरकारले पहिलो पटक साफ उपविजेता नेपाली टोलीलाई पुरस्कार दिने घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले साफ च्याम्पियनसिपको १३औँ संस्करणको उपविजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

यस्तै बैठकले प्रशिक्षकलाई भने ३ लाख रुपैयाँ दिने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जानकारी दिनुभयो । ‘नेपाल सरकारले आज पुरस्कार दिने निर्णय गरेको छ’, यू–२३ टोलीको विदाइ कार्यक्रममा मन्त्री गहतराजले भन्नुभयो ।

शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित हुँदै उपविजेतामा सीमित बन्न पुगेको थियो । उपविजेता नेपाली टोली आज बिहान स्वदेश फर्किसकेको छ ।