काठमाडौं, कात्तिक १ । एमाले भातृ संगठन अनेरास्ववियुले बाँकेकी नकुल्ली धोबी र निर्मला कुर्मीलाई बेपत्ता बनाई हत्या गरिएको घटनामा न्याय माग्ने अधिकारकर्मीमाथि सरकारले ज्यादति गरेको भन्दै आन्दोलनमात्र उत्रने चेतावनी दिएको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आज प्रेस विज्ञप्ति जारी गर्दै पीडितको न्यायका लागि नेपालगन्जदेखि काठमाडौंसम्म पैदल यात्रा गरेर माइतीघरमा धर्ना बसेका रुबी खानलगायत अधिकारकर्मीलाई धम्क्याइएको भन्दै कडा आपत्तिसहित आन्दोलनमा उत्रने चेतावनी दिनुभएको हो ।
अनेरास्ववियुले परमादेशी सरकार नै उक्त घटनाको पीडक रहेको भन्दै अपराधीलाई संरक्षण गर्ने सरकारविरुद्ध सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । अनेरास्ववियुले अनसनमा बसेकाहरुसँग वार्ता गरि पीडितलाई न्याय दिन माग पनि गरेको छ ।
बिज्ञप्तीमा भनिएको छ, ‘हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराध र माफियाकरणको संरक्षण गर्ने जस्तोसुकै व्यवस्था, व्यक्ति र प्रवृत्ति विरुद्द जेहाद छेडेको संगठन अनेरास्ववियु न्याय प्राप्तिको यो लडाईका लागि परमादेशबाट किस्तिमा आएको यो सरकारलाई कडा चुनौति दिन चाहन्छौ र उक्त घटनामा न्याय प्राप्तिका लागि आमरण अनसनरत रुवी खान लगायतका सबै आन्दोलनकर्मीहरुको जीवन रक्षाको ग्यारेन्टी गदै पिडीतलाई न्याय दिलाउन आन्दोलनरत पक्ष सँग यथाशीघ्र वार्ता र छलफलको माध्यमबाट अनसन अन्त्य गदै घटनाको निष्पक्ष छानबिन गर्न जोडदार माग गर्दैर्छौ । अन्यथा अनेरास्ववियु पिडीतको पक्षमा कडा आन्दोलन गर्न बाध्य हुनेछ र हाम्रो आन्दोलनबाट उत्पन्न हुने जस्तोसुकै परिणामको जिम्मेवार स्वयम् यो परमादेशी सरकार हुनेछ ।’
बिज्ञप्तीको पूर्णपाठ
राष्ट्रिय स्वाभिमान, गणतन्त्र, न्याय र समानताको आन्दोलनमा निणरयक भूमिका निर्वाह गर्ने अनेरास्ववियु, शैक्षिक आन्दोलनको नेता, लोकतान्त्रिक गणतन्त्रको योद्दा, सामाजिक परिवर्तनको संवाहक, राष्ट्रियताको पहरेदार, रचनात्मक कृयाकलापको नेता संगठन हो । लोकतन्त्र र मानव अधिकार, सामाजिक न्याय सँगसँगै बिद्यार्थी हकहित र अधिकार प्राप्तिको लागि निरन्तर जागरुक रहँदै उज्वल शैक्षिक भविश्य निर्माणका निम्ती समेत सदैव क्रियाशील रहेको संगठन हो ।
यसै सन्दर्भमा मिति २०७८ साउन ५ गते बाँके जिल्ला जानकी गाँउपालिका वडा नं ०२ स्थित आफ्नै घरमा झुण्ड्याइएको अवस्थामा भेटिएकी नकुन्नी धोबी र नेपालगञ्ज उपमहानगरपालिका वडा नं १७ परमपुर निवासी निर्मला कुर्मीलाई आफ्नै घरबाट बेपत्ता बनाई हत्या गरिएको घटनामा निजहरुका आफन्तहरुले न्याय प्राप्तिका लागि जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र अन्य निकायहरुमा किटानी जाहेरी लिएर जाँदा समेत जाहेरी बुझेर सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्ने कुरा त परै जाओस्, पिडितका आफन्तहरुलाई उल्टै धम्काउने काम भएको छ, यस प्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । पिडीतलाई न्याय र अपराधीलाई कठोर भन्दा कठोर कारबाही हुनु पर्दछ भनि महिला अधिकार मञ्च बाँकेको अगुवाईमा केही दिन बाँके जिल्ला प्रशासन कार्यलय अगाडि धर्ना गरेपश्चात मिति २०७८ भदौ १ गते देखि नेपालगञ्ज बाट काठमाण्डौं सम्म पैदल यात्रा गरि माईतीघर मण्डलामा अधिकारकर्मी रुवी खान लगायतका अधिकारकर्मीहरु आमरण अनसन बसि रहनु भएको छ। अधिकारकर्मीहरुको माग र स्वास्थ्य प्रति असंम्वेदनशील यो सरकार मुखदर्शक रहदै व्यापक धरपकडमा उत्रिएको छ । यी र यस्ता घटनाक्रमहरुले यो परमादेशी सरकार नै उक्त घटनामा पिडक रहेको तथ्य उजागर भएको छ ।
हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराध र माफियाकरणको संरक्षण गर्ने जस्तोसुकै व्यवस्था, व्यक्ति र प्रवृत्ति विरुद्द जेहाद छेडेको संगठन अनेरास्ववियु न्याय प्राप्तिको यो लडाईका लागि परमादेशबाट किस्तिमा आएको यो सरकारलाई कडा चुनौति दिन चाहन्छौ र उक्त घटनामा न्याय प्राप्तिका लागि आमरण अनसनरत रुवी खान लगायतका सबै आन्दोलनकर्मीहरुको जीवन रक्षाको ग्यारेन्टी गदै पिडीतलाई न्याय दिलाउन आन्दोलनरत पक्ष सँग यथाशीघ्र वार्ता र छलफलको माध्यमबाट अनसन अन्त्य गदै घटनाको निष्पक्ष छानबिन गर्न जोडदार माग गर्दैर्छौ । अन्यथा अनेरास्ववियु पिडीतको पक्षमा कडा आन्दोलन गर्न बाध्य हुनेछ र हाम्रो आन्दोलनबाट उत्पन्न हुने जस्तोसुृकै परिणामको जिम्मेवार स्वयम् यो परमादेशी सरकार हुनेछ ।













प्रतिक्रिया दिनुहोस्