नुवाकोट, कात्तिक ३ । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य श्रीकृष्ण रिजाल एमाले प्रवेश गर्नुभएको छ । विदुर नगरपालिका वडा नम्बर ८ मा भएको पार्टी प्रवेश कार्यक्रममा रिजालसहित १५० जनाले एमालेको सदस्यता लिनुभएको हो । रिजाल नेपाल निर्माण सामाग्री व्यवसायी संघ काठमाडौंका पूर्वअध्यक्ष हुनुहुन्छ ।
नेकपा एमालेका नेता एवं बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे र नेकपा एमालेकी नेतृ विन्दा ढुंगानाले विदुर नगरपालिका वडा नम्बर ८ केउरीबाट एमाले प्रवेश गर्ने १५० जना कांग्रेस, माओवादी र राप्रपाका नेता कार्यकर्तालाई एमालेमा स्वागत गर्नुभयो । रिजालसहित स्थानीय कांग्रेस नेताहरू बलराम बोगटी, हरिशरण विश्वकर्मा, रामशरण अधिकारी, शिव दुलाल, बैकुण्ठ नेउपाने लगायत हुनुहुन्छ । त्यस्तै माओवादी र राप्रपामा क्रियाशिल रहेका स्थानीय नेताहरू समेत एमाले प्रवेश गर्नुभएको छ । पार्टी प्रवेश गर्दै रिजलाले देश र जनाको सुरक्षा र समृद्भिका लागि एमालेबाहेकका दलले काम गर्न नसक्ने देखेकाले सहयोगी बन्न पार्टी प्रवेश गरेको बताउनु भयो ।
कांग्रेस, माओवादी र राप्रपाका नेता कार्यकर्तालाई एमाले स्वागत गर्दै मन्त्री पाण्डेले एमालले नागरिकको हितमा काम गर्ने बताउनु भयो । उहाँले नागरिकले आफ्ना ठाउँका समस्या र गुनासा जस्ताको त्यस्तै राखे एमालेले त्यसको निकासका लागि मध्यस्कर्ताको भूमिका निर्वाह गर्ने बताउनु भयो । मन्त्री पाण्डेले विदुर नगरपालिकाको केउरेनीमा पहिरोको समस्या रहेको भन्दै नियन्त्रणका लागि बागमती प्रदेश सरकारका तर्फबाट तत्कालै पहल हुने प्रतिवद्धता पनि जनाउनु भएको छ ।
पार्टी प्रवेश कार्यक्रममा एमाले नुवाकोटका कार्यलय सचिव अरुण श्रेष्ठ, क्षेत्र नम्बर दुईका पार्टी संयोजक तथा विदुर ५ का वडा अध्यक्ष शिव चित्रकार, ९ नम्बर वडाका अध्यक्ष शनि चित्रकार, विदुर नगर कमिटीका सह ईन्चार्ज प्रल्हाद खतिवडा, विदुर नगर कमिटीका सचिव अनुज कुमार श्रेष्ठ, नेताहरु रामचन्द्र श्रेष्ठ, अपार बोहरा, गोपाल रिजाल, हरि रिजाल, रविन श्रेष्ठ लगायत उपस्थित हुनुहुन्थ्यो ।

















प्रतिक्रिया दिनुहोस्