जनता टाइम्स

४ कार्तिक २०७८, बिहीबार ०८:१५

केपी ओलीबाट निकै प्रभावित बनिन करिष्मा मानन्धर, यस्तो छ कारण


काठमाडौं, कात्तिक ४ । अभिनेत्री करिष्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नजिक बसेर विचार सुन्दा निकै आनन्द महशुष गरेको अनुभुति राख्नुभएको छ । सामाजिक सञ्जाल मार्फत ओलीसँगको भेटको तस्बीर सार्वजनिक गर्दै अभिनेत्री मानन्धरले यस्तो अनुभुति सुनाउनु भएको हो ।

‘उहाँ (केपी ओली) को नजिक बसेर विविध विषयमा उहाँको बिचारहरु सुन्दा आनन्द आयो, सबै क्षेत्रका मानिसहरूलाई उत्तिकै महत्त्वका साथ लिनुभएकोमा र चासो मानेर कुरा सुनिदिनु भएकोमा आदरणीय के।पी ओली ज्युलाई धेरै धन्यवाद,’ अभिनेतृ मानन्धरले लेख्नुभएको छ ।

नेकपा एमालेमा प्रवेश गर्ने हल्लाकै बीच अभिनेत्री करिष्मा मानन्धर अध्यक्ष ओलीको निवास बालकोटमा पुग्नुभएको हो । नेकपा एमालेकी नेतृ एवं गायिका कोमल वली र कालकार जितु नेपालसहित मानन्धर ओली निवास बालकोट पुग्नुभएको हो ।