जनता टाइम्स

४ कार्तिक २०७८, बिहीबार ०८:४१

काँग्रेसले भन्यो–एमाले पार्टी सिङ्गै छ, एमालेसंग चुनाव लड्न सकिदैन



काठमाडौं, कार्तिक ४ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमाले पार्टी सिंङ्गो भएको बताउनुभएको छ

। पार्टीका नेता कार्यकर्ताहरुको भेटघाट कार्यक्रममा बोल्दै पौडेलले भन्नुभयो, म कांग्रेसका नेता कार्यकर्ता साथीहरुलाई भन्न चाहान्छु, एमालेसँगको लडाई अझ पनि कमजोर छैन । नेकपा एमाले फुट्यो भन्नुहोला । त्यो अझै सिंङ्गै छ । फुटेको छैन । पौडेलले थप्नुभयो ,‘एमालेसँग हाम्रो शसक्त प्रतिस्पर्धा छ । त्यसको लागि कांग्रेस कस्तो हुनुपर्ने हो, त्यसको लागि कांग्रेस कति सक्षम हुनुपर्ने हो ।’

यस्तौ खिजिमिजीको कांग्रेसले लड्न नसक्ने भन्दै पौडेलले कार्यकर्ताहरुलाई एमालेसँग आगामी चुनाव लड्न सहज नभएको समेत बताउनुभयो।