जनता टाइम्स

४ कार्तिक २०७८, बिहीबार १७:४२

एमाले रामेछापले सक्यो अधिवेशनको तयारी


काठमाडौं, कात्तिक ४ । नेकपा एमाले रामेछापले जिल्लाका विभिन्न तहको अधिवेशनको तयारी सकिएको जनाएको छ । यही कार्तिक ६ गते एमालेले देशभर एकैसाथ वडा अधिवेशन गर्दैछ । रामेछापका सबै वडाको अधिवेशन आयोजनाको पूर्व सन्ध्यामा एमाले रामेछापले पत्रकार सम्मेलनको आयोजना गरेर अधिवेशनको तयारी सकिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले अधिवेशनमा संगठित सदस्य तथा पार्टीका कार्यकर्ताको बृहत उपस्थिति गराउने योजना रहेको जानकारी दिनुभयो । उहाँले अधिवेशनलाई कम खर्चिलो गराउने गरी काम भएको बताउनुभयो । त्यस्तै श्रेष्ठले अधिवेशनमा हुने सहभागिताको मध्यनजर गर्दैबृहत सहभागिता गराउने योजना अनुसार पार्टीले काम गरिरहेको पनि जानकारी दिनुभयो ।

एमाले रामेछापको ६२ वडामा शनिबार एकसाथ अधिवेशन आयोजना हुँदैछ । ६४ वडामध्ये २ वटा वडामा भने अधिवेशन सम्पन्न भईसकेको छ । एमालेको वडा कमिटी ३१ सदस्यीय हुनेछ । अध्यक्ष, उपाध्यक्ष, सचिव, २ उपसचिव र सदस्यहरु पदाधिकारी रहने छन् । कार्तिक ९ गते पालिका अधिवेशन आयोजना हुँदैछ । एमाले रामेछापका साढे १० हजार संगठित सदस्य छन् ।