जनता टाइम्स

४ कार्तिक २०७८, बिहीबार १८:१७

बाढीपीडितको पीडामा मलम लगाउँदै अखिल–युवा संघ, बाढी छिचोल्दै राहत लिएर पुग्यो प्रभावित क्षेत्र (फोटो फिचर)


धनगढी, कात्तिक ४ । लगातारको बर्षापछिको बाढी पहिरो र डुवानले ठूलो क्षती पुर्याएको कैलालीमा केन्द्र र प्रदेश सरकार रमिते बनेपछि एमाले भातृ संगठन अनेरास्ववियु र राष्ट्रिय युवासंघ नेपालका कार्यकर्ता पीडितको पीडामा मलम लगाउन जुटेका छन । पीडितहरुले सरकारको अनुभुति गर्न नपाएपछि टीकापुरका जनतामाझ अखिल र युवा संघका नेता–कार्यकर्ताले राहत वितरण गरेका हुन ।

गत आइतवार रातिबाट अविरल रुपमा परेको बेमौसमी वर्षाका कारण देशका विभिन्न ठाउमा जनधनको क्षति भएको छ । उक्त क्षतिप्रति दुःख व्यक्त गर्दै नेकपा (एमाले)ले आफ्ना कार्यकर्तालाई उद्दार र राहतमा खटिन निर्देशन दिएको थियो । पार्टीको निर्देशन आएलगत्तै युवा संघ र अखिलका कार्यकर्ता राहत सामग्रीसहित पीडित सामू पुगेका हुन । कैलाली अनेरास्ववियु र युवा संघले पिडित परिवारलाई घरमै पुगेर राहत वितरण गरिरहेको छ ।

कर्णाली नदिको बहाब बढेर उक्त नदि बढी बस्तिमा पसेर कयौं घरहरु डुबानमा परेका छन । घरहरु डुबानमा परी टिकापुर क्षेत्रमा धानखेत पनि नस्ट भएको छ भने किसान बिचल्लीमा परेका छन । सरकारको उपस्थिति नदेखिएको उक्त परिवेसमा कैलालीका अनेरास्ववियु र युवा संघ कैलालीको यो अभियानले पिडितको घाउमा केही राहत मिलेको छ ।

अहिल र युवा संघले आज टीकापुर नगरपालिका ७ र ८ वडामा करिब ३ सय घरपरिवारलाई राहात सामाग्री वितरण गरेको छ । युवा संघका नेताहरु अरुण कुवर र कपिल भण्डारी, अनेरास्ववियुका कैलाली अध्यक्ष किशोर शाहको सयुंक्त नेतृत्वमा यो काम भएको युवा नेता सोमबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीेलगत्तैबाट युवा संघका नेताहरु भुपेन्द्र साउद, प्रकाश खडका, प्रकाश खत्रीलगायतका युवा नेताहरु उद्धार तथा राहतमा खटिनुभएको छ ।