जनता टाइम्स

५ कार्तिक २०७८, शुक्रबार १०:३२

प्रभु साहले खोले प्रचण्डको गम्भीर अपराधको पोल


काठमाडौं, कार्तिक ५ । पुर्वमन्त्री प्रभु साहले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण ‘खिचडी संसदीय व्यवस्था’ लागु गरी देशलाई अन्यौलग्रस्त एवं अस्थिर बनाउँने काम भएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत आज साहले देशलाई अन्यौलग्रस्त एवं अस्थिर बनाउँने प्रचण्डकै कारण हजारौं योग्य नेपाली विदेश पलायन हुन बाध्य भएको बताउनुभयो ।

केही सञ्चारमाध्यममा साह माओवादी प्रवेश गर्न लागेको भनेर आएको समाचारको खण्डन गर्दै उहाँले प्रयोजित समाचारको भ्रममा नपर्न आग्रह समेत गर्नुभएको छ । ‘केही अनलाइनहरुमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको छ । महान जनयुद्ध र हजारौं शहिदको अपमान गरेर कुर्सीको चक्करमा खिचड़ी संसदीय ब्यवस्था खड़ा गरि देशलाई अन्यौलग्रस्त एवं अस्थिर बनाउने प्रचण्डकै कारण आज हजारौ योग्य नेपालीहरु विदेश पलायन हुन बाध्य छ’ नेता साहले लेख्नुभएको छ ।

आफनो ब्यक्तिगत स्वार्थका कारण माओवादी आन्दोलनलाई टुक्रा टुक्रा गरि सिंगैं देशलाई नै अस्थिरताको खाडलमा धकेलने प्रचण्डको नेतृत्वमा कोही पनि सच्चा माओवादी क्रान्तिकारीहरु एकताबद्ध हुन नसक्ने उहाँले स्पष्ट पार्नुभएको छ ।


वर्तमान राजनीतिक संकटको अग्रगमी निकासको लागि क्रान्तिकारीहरुको ध्रुविकरण अपरिहार्य आवश्यता रहेको बताउँदै साहले त्यसका लागि आफू निरन्तर क्रियाशील रहेको जनाउनुभएको छ । तर जनतालाई धोखा दिने अनैतिक।असफल एवं अबिश्वसनिय व्यक्तिको नेतृत्वमा त्यो सम्भव नभएको निष्कर्ष उहाँको छ ।