जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार १४:३१

सेतीमा हाम फालेर सुर्माकी किशोरी बेपत्ता


बझाङ, ६ कात्तिक । सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् । सुर्मा गाँउपालिका–४ भेलाद घर भएकी अन्दाजी १९ वर्षकी सीमा कुमारी बोहराले सदरमुकाम नजिकै सेती नदीमा हाम फालेकी हुन् । उनी हाल जयपृथ्वी नगरपालिका–१० चैनपुरमा बस्दै आएकी थिइन् ।

बोहराले आज विहान पौने दश बजेको समयमा रिङरोडमा रहेको सिमलको रुख नजिकैबाट हाम फालेको प्रहरीले जनाएको छ ।

बोहराले किन आत्माहत्या गरेकी हुन् भनेर नखुलेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । शुक्रवार पनि जयपृथ्वी नगरपालिका(१० का नविन सुनारले सेती नदीमा हाम फालेर आत्महत्या गरेका थिए ।