जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार १४:४७

विश्वकप : सुपर १२ को खेल आजबाट, कुन देशमा कसरी हेर्ने ?


काठमाडौं, कात्तिक ६ । युएईमा जारी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा आजबाट सुपर १२ को खेलहरु हुदै छन् । पहिलो चरणबाट छनौट भएका ४ र दोस्रो चरणको लागि यसअघि नै छनौट भएका ८ गरि कुल १२ टोलीलाई २ समुहमा बाँढेर सुपर १२ को खेल हुन लागेको हो । पहिलो चरणको खेलको समुह ए बाट श्रीलंका र नामिबिया दोस्रो चरण प्रवेश गरेका छन् ।

समुह बिबाट भने स्कटल्याण्ड र बंगलादेश दोस्रो चरण पुगेका छन् । समुह एबाट आयरल्याण्ड र नेदरल्याण्ड बाहिरएको छ भने समुह बिबाट ओमान र पीएनजी बाहिरिएको छ । जसअनुसार ग्रुप एमा अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, साउथ अफ्रीका, श्रीलंका, र वेस्ट इन्डिज रहेका छन् । त्यस्तै समुह बिमा नामिबिया, भारत, पाकिस्तान, न्युजिल्यान्ड, स्कटल्याण्ड र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछन् । हरेक समुहको शिर्ष २ मा रहने टोली सेमिफाइनलमा पुग्ने छन् ।

प्रतियोगिता अन्तर्गत आज २ खेल हुँदै छन् । आज नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे अष्ट्रेलिया र साउथ अफ्रीका भिड्ने छन् बेलुका ७ः४५ बजे इंग्ल्यान्ड र वेस्ट इन्डिज भिड्ने छन् । वेस्ट इन्डिज प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । यस प्रतियोगीताका खेलहरु नेपालमा स्टार स्पोर्ट्समा हेर्न सकिने छ । त्यस्तै भारत, भुटान र माल्दिभ्समा पनि स्टार स्पोर्ट्समा खेलहरु हेर्न सकिने छ ।

कुन देशमा कसरी हेर्ने लाइभ ?