जनता टाइम्स

१० असार २०७६, मंगलवार ०७:०४

सेमिफाइनल पुग्ने बंगलादेशको आश जिवितै, शकिबको शानदार प्रर्दशन


काठमाडौं ।

बंगलादेशले इंग्ल्याण्डमा जारी आईसीसी वर्ल्डकप क्रिकेटमा तेश्रो जित हात पार्दै सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । सोमबार राति भएको खेलमा अफ्गानिस्तानलाई ६२ रनले पराजित गर्दै बंगलादेशले अन्तिम ४ मा पुग्ने सम्भावना जीवितै रोखेको हो ।

साउथहेम्पटनमा बंगलादेशले दिएको २ सय ६३ रनको मध्यम लक्ष्य पछ्याएको अफ्गानिस्तान ४७ ओभरमा २ सय रन जोड्दा अलआउट भएको थियो । अफ्गानिस्तानका समिउल्लाह सिन्वारीले अविजित ४९ र गुल्बादिन नैबले ४७ रन बनाउनुवाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । बंगलादेशका सकिब अल हसन एक्लैले ५ विकेट लिए । यस्तै, मुस्ताफिजुर रहमानले २ विकेट लिए ।

त्यसअघि टस जितेको अफ्गानिस्तानले फिल्डिङ रोजेपछि पहिले व्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २ सय ६२ रन बनाएको थियो । उसका मुश्फिकर रहिमले ८३ रनको योगदान दिए । यस्तै, सकिब अल हसनले ५१ रन बनाए । अफगानिस्तानका मुजिब उर रहमानले ३ विकेट लिए । गुल्बादीन नाइबले २ विकेट लिए । तेस्रो जितसंगै पाँचौ स्थानमा उक्लिएको बंगलादेशले ७ खेलबाट ७ अंक जोडेको छ । पुछारको अफ्गानिस्तानले ७ खेलमा ७ खेल नै गुमाएको छ ।