रसुवा, कात्तिक ७ । नेकपा एमालेले रसुवाका २७ वटै वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । शनिवार सम्पन्न वडा अधिवेशनबाट एमालेले एकजना महिला अध्यक्षसहित २७ वटै वडाको अध्यक्षसहितका पदाधिकारी र कार्यसमिति सदस्य सर्वसम्मत चयन गरेको हो ।
एमाले नेता जनार्दन ढकालका अनुसार अधिवेशनमा उत्साजनक सहभागिता रहेको थियो । ‘जिल्लाका २७ ओटै वडाको अधिवेशनमा पार्टीका नेता कार्यकर्तासँगै जनताको उल्लेख्य सहभागिता रह्यो, नेतृत्व छनोट पनि सर्वसम्मत रुपमा भएको छ, अव रसुवामा एमालेसँग सवै मिलेर आउँदा पनि प्रतिस्पर्धा गर्न संभव छैन भन्ने स्पष्ट सदेश जनताबाटै आएको छ,’ एमाले नेता ढकालले जनताटाइम्ससँग भन्नुभयो ।
यी हुन सर्वसम्मत चयन भएका २७ वडाका अध्यक्ष
गोसाइँकुण्ड गाउँ पालिका
१. वडा नम्बर १ – बच्छु कैलाश तामाङ
२. वडा नम्बर २ – पेमा दोर्जे घले
३. वडा नम्बर ३ – जिम्बा गुरुङ
४. वडा नम्बर ४ – सोनाम साङ्बु तामाङ
५. वडा नम्बर ५ – दावा तामाङ
६. वडा नम्बर ६ – ङानेन घले
कालिका गाउँ पालिका
१. वडा नम्बर १ – आङ्तेम्पा तामाङ
२. वडा नम्बर २ – राम बहादुर श्रेष्ठ
३. वडा नम्बर ३ – भरत प्रसाद न्यौपाने
४. वडा नम्बर ४ – अम्बिका पौडेल
५. वडा नम्बर ५ – हरि शरण पौडेल
उत्तरगया गाउँ पालिका
१. वडा नम्बर १ – बुद्धि बहादुर तामाङ
२. वडा नम्बर २ – भोज बहादुर तामाङ
३. वडा नम्बर ३ – बिष्णु बहादुर गुरुङ
४. वडा नम्बर ४ – प्रताप सिं ब्लुन
५. वडा नम्बर ५ – बिनोद आचार्य
आमाछोदिङ्मो गाउँ पालिका
१. वडा नम्बर १ – साङ लामा
२. वडा नम्बर २ – सुमन तामाङ
३. वडा नम्बर ३ – मारलामा तामाङ
४. वडा नम्बर ४ – बिरेन्द्र घले
५. वडा नम्बर ५ – सुरेश तामाङ
नौकुण्ड गाउँ पालिका
१. वडा नम्बर १ – लक्षिन नुर्पु तामाङ
२. वडा नम्बर २ – गणेशमान लामा
३. वडा नम्बर ३ – नोकेन्द्र देब मोक्तान
४. वडा नम्बर ४ – दीर्घ सिंह वाइबा
५. वडा नम्बर ५ – शरद गुरुङ
६. वडा नम्बर ६ – यो नुर्पु तामाङ (च्याङ्बा)













प्रतिक्रिया दिनुहोस्