जनता टाइम्स

७ कार्तिक २०७८, आईतवार १३:०५

झापा ओर्लेलगत्तै बुवा भेटन पुगे एमाले अध्यक्ष ओली, यस्तो छ गृहजिल्लामा ब्यस्थ ‘सेड्यूल’


बिर्तामोड, कात्तिक ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आउनुभएको छ । झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्न आउनुभएका ओली अहिले बुवा भेट्न पृथ्वीनगर आउनुभएको छ ।

सचिवालय सदस्य एवं ओलीका संसद प्रतिनिधि होमबहादुर थापाका अनुसार अध्यक्ष ओलीले आज विर्तामोडमा माओवादीबाट सयौं कार्यकर्ता एमालेमा प्रवेश गराउँदै हुनुहुन्छ । दिउँसो हुने कार्यक्रममा माओवादी परित्याग गरी ठूलो संख्यामा कार्यकर्ताहरु एमाले प्रवेश गर्दैछन् ।

यसैगरी आजै धुलाबारीमा आयोजना हुने कार्यकर्ता भेटघाटलाई पनि अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने जिल्ला अध्यक्ष चिन्तन पाठकले जानकारी दिनुभयो ।