काठमाडौं, कात्तिक ८ । न्यायालयमा बिकृती आउनुमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा मात्र नभई भागबण्डा लिएर असंबैधानिक फैसला गर्ने संबैधानिक इजलाशका पाँचै जना न्यायाधीश दोषी रहेको एमाले नेता बिष्णु रिजालले बताउनु भएको छ । प्रधानन्यायाधीश जवराबिरुद्ध सर्वाेच्च अदालतकै न्यायाधीशहरु मैदानमा उत्रिएको बेला रिजालले अदालत बिकृत बनाउन प्रधानन्यायाधीशसँगै इजलाशमा रहेका अन्य चार बरिष्ठतम न्यायाधीश जिम्मेवार रहेको बताउनु भएको हो ।
ब्यक्ति तोकेर प्रधानमन्त्री नियुक्त गर्ने जस्तो अदालतकै बदनाम गर्ने फैसला गर्ने संबैधानिक इजलाशमा प्रधानन्यायाधीश जवरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई सम्मिलित हुनुहुन्छ । रिजालले जवरासँगै उल्लेखित चार न्यायाधीश पनि दोषी रहेको किटानी गर्नुभएको हो ।
‘अदालतबाट सरकार बनाइदिएमा ‘मन्त्री–राजदूत दिन्छौं, पदक दिन्छौं, प्रधानन्यायाधीश बनाइदिन्छौं’ भनेर आफू अनुकूलको संवैधानिक इजलाश गठन गराउने र त्यसबाट चाहे अनुसारको परमादेश पाउनेहरूले नै अहिले ‘न्यायालयमा विकृति आयो’ भनिरहेका छन् ! विकृति आउनुमा असंवैधानिक फैसला गर्ने पाँचै जना उत्तिकै जिम्मेवार छन्, जसले व्यक्तिगत लाभ र लोभका आधारमा संविधान, लोकतन्त्र र दलीय व्यवस्थाको हुर्मत लिएर गलत नजिर बसालेका छन,’ रिजालले भन्नुभयो ।
अहिले न्यायालय यति धेरै विवादित हुनुमा प्रधानन्यायाधीश एक्लै मात्र जिम्मेवार छैनन्, संविधान र लोकतन्त्रको चीरहरण गर्दै जनादेशविपरीत परमादेशबाट सरकार बनाएर पदक थाप्ने अरू ४ जना न्यायाधीश पनि उत्तिकै जिम्मेवार छन् । बहिर्गमन नै हुने हो भने प्रधानन्यायाधीशको मात्र होइन, पाँचै जनाको एकसाथ हुनुपर्छ

उहाँले इजलाशमा बसेको सवै न्यायाधीश बरावर दोषी रहेको बताउनु भएको छ । ‘अहिले न्यायालय यति धेरै विवादित हुनुमा प्रधानन्यायाधीश एक्लै मात्र जिम्मेवार छैनन्, संविधान र लोकतन्त्रको चीरहरण गर्दै जनादेशविपरीत परमादेशबाट सरकार बनाएर पदक थाप्ने अरू ४ जना न्यायाधीश पनि उत्तिकै जिम्मेवार छन् । बहिर्गमन नै हुने हो भने प्रधानन्यायाधीशको मात्र होइन, पाँचै जनाको एकसाथ हुनुपर्छ,’ रिजालले भन्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्