जनता टाइम्स

९ कार्तिक २०७८, मंगलवार १९:५३

अन्तिम संस्कारका बेला पिताको लाशअगाडि छोरीले हट पोज दिएपछि


न्यूयोर्क, मंसिर ९ । यतिबेला सामाजिक संजाल रेडिटमा एक अमेरिकी युवतीको तस्वीर निकै चर्चामा छ । युवतीले आफ्ना पिताको लाशअगाडि उभिएर फोटोहरु खिचाएपछि सामाजिक सञ्जालमा निकै चर्चा भएको हो । आफ्नै पिताको अन्तिम विदाइको क्रममा उनले जसरी हट र ग्ल्यामरस फोटो खिचाएकी छिन् यसलाई लिएर सामाजिक संजालमा प्रयोगकर्ताहरुले अनेकन प्रश्न उठाएका छन ।

डेलीमेलमा प्रकाशित एक रिपोर्टअनुसार यी महिलाले पिताको अन्तिम संस्कारमा कालो ड्रेसमा निकै ग्ल्यामरस तरिकाले फोटो खिचाएकी छिन् । महिला एक मिनी ड्रेसमा पिताको कफिनको छेउमा पोज दिइरहेकी छिन् । महिलाले यी फोटोहरु इन्स्टाग्राममा शेयर गरेकी थिइन् । त्यहाँबाट यी फोटोलाई रेडिटमा एउटा ग्रुपमा शेयर गरियो । त्यसपछि युजरहरुले यी महिलालाई ट्रोल गर्न थालेका हुन् ।