जनता टाइम्स

९ कार्तिक २०७८, मंगलवार २२:०८

नेकपा एमाले तारकेश्वर नगरपालिकाको अध्यक्षमा बासु गौतम


काठमाडौं, कार्तिक ९ । नेकपा एमाले तारकेश्वर नगरपालिकाको अध्यक्षमा बासु प्रसाद गौतम सर्बसम्मत निर्वाचित हुनुभएको छ ।मंगलवार भएको अधिवेशनले गौतमलाई अध्यक्षमा सर्बसम्मत निर्वाचित गरेको हो ।

यस्तै अधिवेशनले नगरपालिकाको उपाध्यक्षमा धुर्ब राईलाई निर्वाचित गरेको छ भने सचिवमा राजु तिमिल्सिनालाई चयन गरेको छ । उपसचिवमा माता प्रताप थापा र सरस्वति जोशि सहित ७५ जना सदस्य रहेका छन निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।