काठमाडौं, कात्तिक १२ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछ । आज दिउँसो पौने ४ बजे बङ्ग्लादेश र वेष्ट एण्डिज खेल्ने छन् भने बेलुका पौने ८ बजे पाकिस्तान र अफगानिस्तान खेल्ने छन्। बङ्गलादेश र वेष्ट एण्डिज आज पहिलो जितको खोजीमा हुनेछन् । यसअघि दुई खेल खेलेका दुवैले दुवैमा हार बेहोरेका छन् ।
यस्तै, समूह २ को शीर्ष स्थानमा रहेको पाकिस्तान आज लगातार तेस्रो जितको खोजी हुनेछ । यसअघि खेलेका दुवै खेलमा पाकिस्तानले जित निकालेको थियो । अफगानिस्तान भने आज दोस्रो जितको खोजीमा हुनेछ । एक खेल जितेको अफगानिस्तान २ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्