काठमाडौं, कात्तिक १२ । शुक्रबार नेपाल बार एशोसिएनसको प्रांगणमा दुई वकिलबीच कुटाकुट भयो । अधिवक्ता विराट न्यौपाने र अधिवक्ता भूमिनन्द चुँडालबीच कुटाकुट भएको भिडिओ भाइरल नै भयो। उक्त भाइरल भिडियोमा दुवै अधिवक्ताले एकअर्कालाई लात्ती हानेको देखिन्छ। सो क्रममा अधिवक्ता भूमिनन्द चुँडाल कुटिन्छन्।
र, उहाँले लोकतन्त्र खतम भइसक्यो, राजतन्त्र नल्याइ छाड्दिन भन्दै रोएको भिडियोमा प्रष्ट देख्न सकिन्छ । सार्वजनिक भएको भिडिओमा अधिवक्ता चुँडाल कानुन व्यवसायी विराट न्यौपानेबाट कुटिनुभएको हो । कुटाइ खाएपछि चुँडालले न्याय माग्न जाने बताउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्