जनता टाइम्स

१२ कार्तिक २०७८, शुक्रबार २१:४२

एमाले दुल्लु नगरपालिका–४ को अध्यक्षमा कृष्ण भण्डारी चयन


दैलेख, १२ कार्तिक । नेकपा एमाले दुल्लुनगरपालीका वडा नम्बर ४ को अधिवेशनबाट वडा कमिटी सर्वसम्मत चयन भएको छ । जसको अध्यक्षमा कृष्ण भण्डारी, उपाध्यक्ष धन बहादुर कामी सर्वसम्म चयन भएको एमालेले जनाएको छ ।त्यस्तै सचिवमा रेशम खनाल, उप–सचिवमा खगिसरा कार्की, डम्बरसिङ सार्की सहित ३१ सदस्य वडा कमिटि सर्वसम्मत चयन हुनुभएको छ ।