जनता टाइम्स

१३ कार्तिक २०७८, शनिबार ०७:३९

नेकपा एमाले भद्रपुरमा ढुङ्गाना निर्वाचित



बिर्तामोड, कार्तिक १३ । नेकपा एमाले भद्रपुरको अध्यक्षमा ब्रम्हलाल ढुङ्गाना निर्वाचित हुनुभएको छ। उहाँका प्रतिद्वन्दी लक्ष्मण पोखरेल फराकिलो मतान्तरले पराजित हुनुभएको छ । ढुङ्गानाले १६६ मत ल्याउनुभएको छ भने पोखरेलले ३१ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा भीम सुब्बा निर्विरोध हुनुभएको थियो । यस्तै, सचिवमा घनश्याम लकान्द्र निर्वाचित हुनुभएको छ। सचिवका उम्मेद्वार लकान्द्रीले १३२, डिल्लीरमण नेपाल १५ र रमेश आचार्यले ४१ मत प्राप्त गर्नूभएको छ । उपसचिव पद्मा किरण कार्की र कौशिला अधिकारी निर्वाचित हुनुभएको छ। तीन जना उम्मेद्वारमध्ये कार्कीले १७१, अधिकारीले १४३ र हेडम्बर निरौलाले ३९ मत प्राप्त गर्न गर्नुभएके छ । भद्रपुरमा खुल्ला सदस्य पद्मा समेत निर्वाचन भएको छ । अन्य सदस्य पद्मा सर्वसम्मत भएको थियो ।