काठमाडौं, कार्तिक १३ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार तेस्रो जित निकालेको छ । यूएईमा गएराति भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले तेस्रो जित निकालेको हो ।
अफगानिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ६ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर आजमले ५१ रनको अर्धशतकीय इनिङ्ग्स खेले । यस्तै आसिफ अलीले ७ बलमा अविजित रहँदै २५ रन बनाए भने फखर जमानले २० रन जोडे । सोयब मलिकले १९ रन बनाउँदा मोहम्मद हाफिजले १० रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । अफगानिस्तानका लागि कप्तान मोहम्मद नाबीले अविजित ३५ रन जोड्दा गुल्बादिन नाइब ३५ रनमा अविजित रहे । यस्तै नाजिब उल्लाह जाड्रनले २२ तथा करिम जनतले १५ रन बनाए भने अस्घर अफगान र रहमानउल्लाह गुरुबाजले १०र१० रन बनाए।
प्रतिक्रिया दिनुहोस्