काठमाडौं, कात्तिक १३ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेसँगै आज नेपाल आइपुग्नु भएको छ ।
कात्तिक १० गते प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई ‘मेन्सन’ गर्दै सम्झौता नवीकरण गरेको बताउनु भएको थियो । त्यसपछि अब्दुल्लाह आज त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल झर्नुभएको हो । अब्दुल्लाहलाई एन्फा केन्द्रीय सदस्यद्वय मधुसुदन उपाध्याय र रुपेश अधिकारीले स्वागत गर्नुभयो ।
‘डियर फ्यान नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिन चाहन्छु,’ अमुल्ताइरीले लेख्नुभएको छ । अब्दुल्लाहको प्रशिक्षणमा नेपाल साफ फाइनलमा भारतसँग पराजित हुँदै उपबिजेतामा सिमित भएको थियो । फाइनल अघिनै राजिनामा दिएका अब्दुल्लाह नेपाल नफर्की कतार जानुभएको थियो । त्यस यता उहाँ पहिलो पटक नेपाल झर्नुभएको हो । यद्यपि एन्फाले तीन वर्षको सम्झौता बारेमा हालसम्म कुनै पनि आधिकारिक धारणा राखेको छैन ।
प्रतिक्रिया दिनुहोस्