जनता टाइम्स

१४ कार्तिक २०७८, आईतवार २१:२६

आइसिसी टी– २० विश्वकपमा अफगानिस्तानको दोस्रो जित


काठमाडौं, १४ कार्तिक । आइसिसी टी- २० विश्वकपमा अफगानिस्तानले दोस्रो जित हात पारेको छ। आइतबार भएको खेलमा अफगानिस्तानले नामिबियालाई ६२ रनले पराजित गरेको हो। सुपर १२ अन्तर्गत समूह २ को खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा १६० रन जोड्यो।उसका लागि मोहमद साहजादले ४५ रन जोड्दा हर्जातुल्लाह जलालले ३३ रन, अस्गर अफगानले ३१ रन र मोहमद नाबीले ३२ रनको योगदान दिए। १६१ रनको लक्ष्य पछ्याएको नामिबियाले ९ विकेटको क्षतिमा ९८ रन मात्र जोड्यो।उसका लागि डेभिड विइसेले २६ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा अफगानिस्तानका नवीन उलहकले र हमीद हसनले ३/३ विकेट लिए। गुल्बादिन नाइबले २ विकेट लिँदा रासिद खानले १ विकेट लिन सफल भए।