जनता टाइम्स

१५ कार्तिक २०७८, सोमबार १९:१३

डडेल्धुरा एमालेले छान्यो पाँच ओटा पालिकामा नेतृत्व


डडेलधुरा, कात्तिक १५ । नेकपा एमाले डडेल्धुराले जिल्लाका सात वटा पालिकामध्ये पाँच वटा पालिकाको अधिवेशन सम्पन्न गरेको छ । आज सम्पन्न भएको अधिवेशनमा अमरगढी नगरमा गणेश कठायतको नेतृत्वमा ४२ सदस्यीय चयन भएको छ ।

भागेश्वर गाउँ कमिटी दिपक महता, अजयमेरु गाउ कमिटी राज बहादुर पालको नेतृत्वमा कमिटी गठन भएको नेकपा एमाले डडेल्धुराका अध्यक्ष प्रकाश साउदले बताउनु भयो । उहाँले भन्नुभयो, ‘परशुराम नगर कमिटी र आलिताल गाउँ कमिटीको बन्द सत्र संचालन भै रहेकोले कमिटीहरुको नाम आउन केही समय लाग्नेछ ।’

यस्तै गन्यापधुरा गाउँ पालिका र नवदुर्गा गाउँ पालिका कमिटीहरु २/३ दिनमा गठन गरिने नेकपा एमाले डडेल्धुराले जनाएको छ ।
डडेल्धुरामा आज सम्पन्न भएका सवै पालिकाहरुको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको र कमिटीहरुमा युवाहरुको बर्चश्व देखिएको नेकपा एमाले केन्द्रीय कमिटी सदस्य सुदुरपश्मि प्रदेश सचिव एवं डडेल्धुरा ईन्चार्ज राजेन्द्र सिह रावलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज ५ वटा पालिकाको अधिवेशन सफलता पूर्वक सम्पन्न भएको छ ।’