सीपी लोहिया/ बैतडी । बैतडीमा नेकपा एमालेको पालिकाहरूको अधिवेशन आज सम्पन्न भएको छ । जिल्लाका १०वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको पार्टी जिल्ला सचिव तथा प्रदेशसभा सांसद लीलाधर भट्टले बताउनु भयो ।
बैतडीको दशरथचन्द नगरपालिकामा अजब पाण्डेको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी सर्वसम्मतिबाट चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा नारायणप्रसाद भट्ट, सचिवमा कल्पना क्षेत्री राना, उपसचिवमा चन्द्रसिंह टेर र गगन बिष्ट चयन हुनुभएको छ ।
पाटन नगरपालिकाको नगर कमिटी अध्यक्षमा ललित ठगुन्नालाई चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा हरिदत्त भट्ट, सचिवमा धर्मराज भट्ट, उपसचिवमा बसन्ती चन्द र भीम भट्टलाई चयन गरिएको छ भने अन्य ७० जना सदस्य गरी ७५ सदस्यीय नगर कमिटी गठन गरिएको छ ।
यसैगरी जिल्लाको मेलौली नगरपालिकामा राजबहादुर चन्दको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा विजयसिंह नायक, सचिवमा गोरखबहादुर चन्द, उपसचिवमा रमेशबहादुर चन्द र गोरखसिंह बिष्ट चयन भएका छन् भने अन्य सदस्यहरू रहेका छन् ।
जिल्लाको दोगडाकेदार गाउँपालिकामा काशीसिंह बिष्टको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा हेमा भट्ट कपाडी, सचिवमा कमल भूल, उपसचिवमा वीरभानसिंह कार्की र भरतसिंह बिष्ट चयन हुनुभएको छ भने अन्य सदस्यहरू रहेको पार्टीको जिल्ला उपसचिव चक्र कार्कीले बताउनु भयो ।
यस्तै, डिलाशैनी गाउँपालिकामा रघुवीर बोहराको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटी चयन भएको छ । कमिटीको उपाध्यक्षमा हिक्मत धामी, सचिवमा वीरबहादुर माल, उपसचिवमा उर्मिला जोशी र सन्तोष राना चयन हुनुभएको छ भने अन्य सदस्य रहेको अनेरास्ववियुका केन्द्रीय सदस्य यज्ञराज भट्टले बताउनु भयो ।
यसैगरी जिल्लाको सिगास गाउँपालिका कमिटीको अध्यक्षमा रामसिंह धामी चयन हुनुभएको छ । कमिटीको उपाध्यक्षमा सूर्यबहादुर बोहरा, सचिवमा जसवीरसिंह साउद, उपसचिवमा भानसिंह धामी र दानसिंह धामी चयन भएको एमाले जिल्ला सचिवालय सदस्य रमिल बमले बताउनु भयो ।
जिल्लाको शिवनाथ गाँउपालिका कमिटी अध्यक्षमा महेन्द्र चन्द चयन हुनुभएको छ । उपाध्यक्षमा सुरेन्द्र साउद तथा सचिवमा मनोज ठकुराठी चयन हुनुभएको छ भने उपसचिवमा चन्द्रसिंह साउद र चम्फा साउद हुनुहुन्छ ।
यसैगरी जिल्लाको पञ्चेश्वर गाउँपालिका कमिटीको अध्यक्षमा प्रकाश चन्द तथा उपाध्यक्षमा रामसिंह पुजारा चयन हुनुभएको छ । सचिवमा कृष्ण पेला, उपसचिवमा बिमला घटाल र कालुसिंह जोशी चयन भएको एमाले केन्द्रीय सदस्य पुरनसिंह दयालले बताउनु भयो ।
जिल्लाको सुर्नया गाउँपालिका कमिटी अध्यक्षमा राजेन्द्रप्रसाद भट्ट सर्वसम्मत चयन हुनुभएको छ । उपाध्यक्षमा लालबहादुर पाण्डे तथा सचिवमा आनन्दसिंह बोहरा, उपसचिवमा निरञ्जन बिष्ट र पदम अवस्थी चयन हुनुभएको छ ।
यसैगरी जिल्लाको पुर्चौडी नगरपालिकाको नगर कमिटीमा कर्णबहादुर धामीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । अन्य पदाधिकारी र सदस्यहरूसमेत सर्वसम्मतिबाट चयन भएको एमाले जिल्ला सचिव लीलाधर भट्टले बताउनुभयो । बैतडी जिल्लाका ८४ वटै वडाहरू र १० वटै पालिकामा सर्वसम्मत कमिटीहरू चयन भएको उहाँले बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्