जनता टाइम्स

१९ कार्तिक २०७८, शुक्रबार १३:४७

गगन थापालाई विष्णु रिजालको चुनौती : चुनाव घोषणा गरौं, हिम्मत भए सिंगल-सिंगल भिडौं


काठमाडौं, कात्तिक १९ । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले कांग्रेससँग हिम्मत भए चुनाव घोषणा गरेर सिंगल–सिंगल भिड्न चुनौति दिनुभएको छ । कांग्रेस नेता गगन थापाले सिंगल–सिंगल भिडेर एमालेलाई कुचो र भ्याकुम लगाएर बढार्ने बताएलगत्तै रिजालले हिम्मत भए चुनाव घोषणा गरेर सिंगल–सिंगल भिड्न चुनौती दिनुभएको हो ।

एमाले विदेश विभाग उपप्रमुख समेत रहनु भएका रिजालले विगतमा एमाले मुक्त देश बनाउने भनेका विमलेन्द्र निधी आफैं मधेशमुक्त भएको भन्दै गगन थापाको चुनौति पनि स्वीकार्य रहेको बताउनु भयो ।

‘कांग्रेस सरकारमा हुँदा गगन थापाजीले ‘चुनावमा एमालेलाई कुचो र भ्याकुम लगाएर बढार्छौं’ भनेछन् । अध्यादेश ल्याएर एमाले फुटाउँदा पनि यसलाई हराउन सकिंदैन भन्ने हतासा यसैबाट स्पष्ट हुन्छ । हाम्रो चुनौती छ-चुनाव घोषणा गरौं र हिम्मत छ भने ‘सिंगल-सिंगल’ भिडौं । अन्यथा सार्वजनिक खपतका लागि गरिने यस्ता उत्तेजक भाषणले हामीलाई रौं बराबर फरक पार्दैन भन्ने बुझे हुन्छ,’ रिजालले भन्नुभएको छ ।

यस्तो छ रिजालको जवाफ
कुनै बेला कांग्रेस सरकारमा हुँदा विमलेन्द्र निधिले ‘देशलाई एमाले-मुक्त बनाउँछौं’ भनेर भाषण गरेका थिए । तर, चुनावमा उनी आफैं मधेशबाट मुक्त भए । अहिले फेरि कांग्रेस सरकारमा हुँदा गगन थापाजीले ‘चुनावमा एमालेलाई कुचो र भ्याकुम लगाएर बढार्छौं’ भनेछन् । अध्यादेश ल्याएर एमाले फुटाउँदा पनि यसलाई हराउन सकिंदैन भन्ने हतासा यसैबाट स्पष्ट हुन्छ । हाम्रो चुनौती छ-चुनाव घोषणा गरौं र हिम्मत छ भने ‘सिंगल-सिंगल’ भिडौं । अन्यथा सार्वजनिक खपतका लागि गरिने यस्ता उत्तेजक भाषणले हामीलाई रौं बराबर फरक पार्दैन भन्ने बुझे हुन्छ ।