जनता टाइम्स

२१ कार्तिक २०७८, आईतवार १७:२२

मनकारी दिदीबहिनी : भाइटिकाको दक्षिणा बाल आश्रमलाई सहयोग


बाजुरा, कात्तिक २१ । समाज व्यक्ति केन्द्रीत हुन थालेको चिन्तीत बढीरहँदा अरुका लागि सोच्नेहरुको संख्यामा पनि कमि छैन् । समाजका आफ्ना लागि भन्दा अरुका लागि सोच्ने र सहयोग गर्नेहरु निकै कम छन् । तैपनि सहयोगको मात्रा कम बढी जति भएपनि मन हुनेहरुले सहयोगलाई सेवा ठान्ने गर्दछन् । त्यस्तै व्यवहार बाजुराका पाँच दिदी बहिनीले पनि देखाएपछि यसको पुष्टि भएको हो ।

उनीहरुले आफूहरुले प्राप्त गरेको भाइटिकाको दक्षिणा बाल अनाथ आश्रमलाई सहयोग गरेका छन् । तिहारको भाइटिकामा प्राप्त दक्षिणाबाट केही चिनो किन्ने, माइतिको सम्झना साँट्ने चलन हुन्छ । तर ती पाँच दिदी बहिनीले आफूले पाएको दक्षिणा कन्सन बाजुराले सञ्चालन गरेको बाल आश्रमलाई सहयोग गर्नुभएको छ । उक्त आश्रमममा १३ जना अनाथ बालबालिका बस्ने गरेका छन् ।

कुसुम सविता थापा, पुजा थापा, लक्ष्मी थापा, निर्मिता थापाले आफूहरूले भाइटीकामा प्राप्त दक्षिणा बाल आश्रमलाई सहयोग गरेका हुन् । बाल आश्रमका आजीवन सदस्य नरेन्द्र थापाले पाँच दिदी बहीनीको प्राप्त दक्षिणा कन्सन बाजुराका अध्यक्ष बहादुर थापालाई हस्तान्तरण गर्नुभयो । रकम थोरै भएपनि आफूहरुको खुसी सहाराविहीन बालबालिकालाई दिन खोजेको सविताले बताउनुभयो । अहिलेको समाज आफू र आफ्नो लागि मात्रै चिन्तित हुने समयमा यी पाँच दिदी बहिनीको सानो प्रयासले पनि थप सिकाइको सकारात्मक सन्देश दिएको छ ।

सुख, शान्ति, आरोग्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्नुपर्ने भाइपूजामा आधुनिकताले आपसमा अनावश्यक प्रतिस्पर्धा र देखावटीपन बढाएको स्पष्ट भइरहँदा पाँच दिदी बहिनीको प्रयासले थप उर्जा र उत्साह बढाएको छ । यस्तै मनकारी र सहयोगीहरुले नै बाल आश्रम सञ्चालन गर्नमा सहज र साहस मिलेको कन्सनका अध्यक्ष बहादुर थापाले बताउनुभयो । सहयोग हस्तान्त्ररण कार्यक्रममा रामबहादुर बाँनीया, दिलबहादुर कुँवर पदम भण्डारीसहित बुद्धिजिवी, शिक्षित वर्गको उपस्थिति रहेको थियो ।