जनता टाइम्स

२१ कार्तिक २०७८, आईतवार १९:१७

न्युजिल्याण्डमा इच्छा मृत्युले पायो कानुनी मान्यता, घातक रोगीहरुले यो विकल्प रोज्न पाउने


एजेन्सी, २१ कात्तिक । न्युजिल्याण्ड सरकारले घातक तथा दिर्घ रोगीहरुलाई राहत दिँदै इच्छा मृत्युलाई कानुनी मान्यता दिएको छ। न्युजिल्याण्डले इथेनसिया (इच्छा मृत्यु)रोज्न पाइने मान्यतालाई आजदेखि कानुनी मान्यता दिएको हो ।

इच्छामृत्युलाई कानुनी रुपमा मान्यता दिएका राष्ट्रहरुमा स्वीट्जरल्याण्ड, नेदरल्याण्ड, स्पेन, क्यानडा, अष्ट्रेलिया, कोलम्बिया लगायतका रहेका छन् ।

इच्छामृत्यु रोज्नेहरुले विभिन्न मापदण्ड र सर्तहरु भने पालना गर्नुपर्ने हुन्छ । कुनै व्यक्तिलाई निको नहुने रोग लागेको छ भने ६ महिना भन्दा बढी बचाउन नसकिने अवस्थामा २ जना चिकित्सकको सहमतिमा इच्छा मृत्युको विकल्प रोज्न पाइने बताईएको छ ।