काठमाडौं, कात्तिक २६ । लुकास पाक्वेटाको गोलको मद्दतले ब्राजिलले शुक्रबार कोलम्बियालाई १–० ले हराएको छ । यो जितसँगै ब्राजिल कतारमा हुने विश्वकप २०२२ का लागि छनोट भएको छ ।
पाँच पटकको विश्वकप विजेता ब्राजिलसँगै अहिलेसम्म युरोपबाट जर्मनी र डेनमार्क तथा आयोजकका रूपमा कतार प्रतियोगिताका लागि छनोट भइसकेका छन् । दक्षिण अमेरिकी विश्वकप छनोटका १२ खेलमध्ये ११ औं जित निकालेको ब्राजिल यस चरणका छ खेल अगाडि नै कतारको टिकट काट्न सफल भएको हो ।
विश्वकप इतिहासमा प्रतियोगिताको अन्तिम चरणका लागि प्रत्येक संस्करणमा छनोट हुन सफल एक्लो टिम ब्राजिल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्