जनता टाइम्स

२६ कार्तिक २०७८, शुक्रबार ११:१३

वकिललाई छक्याएर कार्यकक्ष छिरे प्रधानन्यायाधीश


काठमाडौं, कात्तिक २६ । नेपाल बार एसोसिएसनको निषेध आन्दोलनबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गर्नुभएको छ । जबरालाई प्रवेश रोक्न मुल गेटमा धर्ना दिइरहेका कानुन व्यवसायीलाई झुक्याएर अर्काे गेट प्रयोग गरी उहाँ कार्यकक्ष प्रवेश गर्नुभएको हो ।

बालुवाटारस्थित निवासबाटै मुद्दा सुनुवाइका लागि इजलास गठन गरेर उहाँ अदालत आउनु भएको हो । मुल गेटमा नेपाल बारले धर्ना दिएपछि जबरा प्रधानन्याधीशको शपथ ग्रहणपछि पदभार ग्रहण गर्न सर्वोच्च आउँदा प्रयोग गर्ने गरेको गेटवाट प्रवेश गर्नुभएको हो । महान्यायाधधिवक्ता कार्यालय नजिकैको सो गेट नयाँ प्रधानन्यायाधीशलाई स्वागत गर्दा मात्र सर्वोच्च प्रशासनले खोल्ने गरेको छ ।