११ असार २०७६, बुधबार ००:००

सिन्धुली चैनपुरमा ३ वटा सुमो ठोक्कियो, ८ घाइते


काठमाडौं, असार ११

सिन्धुलीको सुनकोशी गाउँपालिका घुमाउने चैनपुर (सेल्फी डाडा ) नजिकै ३ वटा सुमो एक आपसमा ठोकिँदा ८ जना घाईते भएका छन् । सुमो एक आपसमा ठोक्किएपछि उक्त बाटो अबरुद्ध बनेको थियो । हाल अबरुद्ध भयेको बाटो सुचारु भएको छ ।

काठमाडौंबाट मन्थली जाँदै गरेको त्रिवेणी यातायात सुमो र ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको सुमो जुधेको हो । घाइतेहरुलाई उद्धार गर्न नेपाल प्रहरी उपस्थित भएपनि पानी परेकोले समस्या भएको काठमाडौंबाट रामेछाप फर्किँदै गर्नुभएका युवा राजन बस्नेतले बताउनुभयो ।

घाइते सबै जना सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।